काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवगठित मन्त्रिपरिषद्मा सहभागी हुन चार जनाको नाम सिफारिस गरेको छ ।

सो पार्टीको आज बसेको बैठकले सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह, उपसभापति डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्रीमा पठाउने निर्णय भएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छिन् ।

गतवर्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिमण्डलमा सहभागी हुँदा पनि रास्वपाले उपप्रधान तथा गृह, सञ्चार, शिक्षा र श्रम मन्त्रालय नै पाएको थियो ।  सुमना र विराजभक्त श्रेष्ठ रास्वपाबाट मन्त्री हुने नयाँ अनुहार हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय