काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाईंले झापाको बिर्तामोडमा खोलेको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको छ । सर्वोच्चको आदेशले प्रसाईलाई ठूलो राहत मिलेको छ ।

अर्बौं लगानीमा सम्पूर्ण भौतिक संरचना निर्माण भइसकेको उक्त कलेजले सम्बन्ध नपाउँदा मेडिकल साइन्सको पठनपाठन सुरु हुन पाएको थिएन ।

सर्वोच्चका न्यायाधीशहरु डा. कुमार चुडाल र सारंगा सुवेदीको इजलासले सोमबार प्रसाईको बीएन्डसी मेडिकल कलेजको सम्बन्धन नरोक्न आदेश जारी गरेको हो । फैसलाको पूर्णपाठ आउन बाँकी छ ।

सरकारबाट अनुमति लिएर सबै पूर्वाधार तयार गरे पनि सम्बन्धन नपाएको भन्दै प्रसाईले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायत निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

प्रसाईंले मेडिकल कलेज सञ्चालन गर्न नदिएको भन्दै केही समयअघि सबै भौतिक संरचना भत्काइदिने चेतावनी समेत दिएका थिए । उनले सोही मेडिकल कलेज सञ्चालनका लागि बैंकहरुबाट अर्बौं ऋण लिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय