काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले १५ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।
नवगठित मन्त्रिपरिषद्मा बालेनले प्रधानमन्त्री, रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्लेले पाएका छन् । तेस्रो वरीयताको गृह मन्त्रालय सुधन गुरुङले पाएका छन् ।
त्यसैगरी, शिशिर खनालले परराष्ट्र र सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् ।
विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व पाएका छन् भने खड्कराज पौडेल (गनेश)ले संस्कृति तथा पर्यटन मन्त्रालय पाए ।
सस्मित पोखरेललाई शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
निशा मेहतालाई स्वास्थ्य तथा जनसंख्या र विक्रम तिमिल्सिना सञ्चार मन्त्रालयको नेतृत्व दिइएको छ ।
सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल नियुक्त भएकी छिन् भने दीपक साह (महोत्तरी)ले श्रम मन्त्रीको र सोविता गौतमले कानुन मन्त्रालय, जिम्मेवारी पाएका छन् ।
सीता वादी महिला, बालबालिका मन्त्री बनेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।









