काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले उनलाई शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोलीले ओलीलाई पक्राउ गरेको हो ।

ओलीलाई भदौ २३ को नरसंहारमा अनुसन्धान गर्न पक्राउ गरेको हो। तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले यसअघि नै पक्राउ गरी सकेको छ । भदौ २३ र २४ को घटना जाँचबुझ गर्न गठित आयोगले ओली, लेखक, तत्कालीन सीडीओ र सुरक्षा निकायका अधिकारीलाई अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय