काठमाडौं– गत भदौ २४ गते भएको तोडफोड र लुटपाटका घटनाको सत्यतत्थय छानबिन गर्न सरकारले एक हप्ताभित्र उच्चस्तरीय समिति गठन गर्ने भएको छ ।

शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकबाट स्वीकृत तथा शनिबार सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा उक्त कुरा उल्लेख छ ।

उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिने तथा समितिकिो सिफारिको आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने कार्यसूचीको बुँदा ७ मा उल्लेख छ ।

त्यसैगरी, सरकारले विगतमा गठित विभिन्न आयोगका प्रतिवेदनहरु अभिलेखमा मात्र सीमित रहने र कार्यान्वयन कमजोर हुने समस्या समाधान गर्न ३० दिनभित्र सम्बन्धित प्रतिवेदनका सिफारिसहरु कार्यान्वयन गर्न आवश्यक कानुनी, प्रशासनिक र अभियोजन प्रक्रिया सुरु गर्ने भएको छ ।

यसअघि गौरीबहादुर कार्कीको नेतृत्वमा गठिन जाँचबुझ समितिले भदौ २४ को घटनाको छानबिन गर्न नभ्याएको भन्दै २३ गतेको घटनामा केन्द्रित भएर प्रतिवेदन बुझाइसकेको छ । भदौ २४ को तोडफोड र आगजनीका विषयमा प्रतिवेदनमा उल्लेख नभएको भन्दै असन्तुष्टि समेत व्यक्त भइरहेको बेला सरकारले २४ गतेको घटना पनि छानबिन गर्ने बताएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय