लिस्बन– पोर्चुगाली प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन् ।
पोर्चुगलका लागि ४१ वर्षीय रोनाल्डोले २३४ खेल खेलेर १४६ गोल गरेका छन् । गत महिना राष्ट्रिय प्रशिक्षक जर्ज जेसससँग मतभेद भएपछि उनी टोलीको शिविरबाट तत्काल बाहिरिएका थिए ।
जेससले उनलाई नेसन्स लिगको एक खेलमा खेलाउन अस्वीकार गरेपछि उनीहरूबीच सम्बन्ध चिसिएको थियो ।
‘पोर्चुगाली जनतालाई, हाम्रो राष्ट्रिय टोलीको नम्बर सातको जर्सी फिर्ता गर्ने दिन आएको छ,’ रोनाल्डोले आफ्नो इन्स्टाग्राम अकाउन्टमा राखेको भिडियो सन्देशमा भनेका छन्, ‘मैले कहिल्यै यो मेरो मात्र हो भन्ने महसुस गरिनँ तर २३ वर्षसम्म यसलाई डोर्याउने, रक्षा गर्ने र विश्वभरका स्टेडियमहरूमा लिएर जाने विशेषाधिकार र जिम्मेवारी मैले पाएँ ।’









