काठमाडौं– सोमबार नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३०० ले घटेर ९४ हजार ३०० मा कारोबार भइरहेको छ । पहेँलो धातु आइतबार प्रतितोला ९४ हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको सोमबारको मूल्य प्रतितोला ९३ हजार ८०० तोकिएको छ जसको मूल्य आइतबार प्रतितोला ९४ हजार १०० थियो ।
त्यस्तै यस दिन चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २८० मा कारोबार भइरहेको छ ।
महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा सुनचाँदीको काारोबार मूल्य तोक्दै आएको छ ।
अन्तरराष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस एक हजार ८५७ डलर आसपासमा कारोबार भईरहेको छ ।









