काठमाडौं– पछिल्लो २४ घन्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८१० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा पोजेटिभ रिपोर्ट आएको हो । योसँगै सक्रिय संक्रमित संख्या नेपालमा ६ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घन्टामा ३०४ जना कोरोनामुक्त भएका छन् । योसँगै निको हुनेको आधिकारिक संख्या आठ लाख पाँच हजार २०५ पुगेको छ । निको हुने दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर छन् । दुई सयभन्दा बढी संक्रमित भएका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, पूर्व नवलपरासी, बाँके र कैलाली छन् । यस्तै शून्य संक्रमित भएका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, सल्यान र मुगु छन् । नेपालमा संक्रमण दर १७.६ प्रतिशत रहेको छ ।

हाल होम आइसोलेसनमा ६ हजार १३, संस्थागत आइसोलेसनमा ३३९, आइसियूमा १२३ र भेन्टिलेटरमा ३० जनाको उपचार हुँदैछ ।

दुईजनाको निधन

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ । त्यसैगरी, पछिल्लो समय एक लाख २७ हजार ७५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म खोपको पहिलो मात्रा एक करोड ५ लाख चार हजार ७६४ जनाले र पूर्ण मात्रा ८७ लाख ८० हजार ४३३ जनाले लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय