काठमाडौं– पिछडिएको मानिने कर्णाली प्रदेशमा चिकित्सा विज्ञानको अध्ययन अध्यापन सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबिबिएस कार्यक्रमको शुभारम्भ गरेकी हुन् ।
सो अवसरमा उनले ७६ करोड लागतमा निर्माण हुन लागेका चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गरेको प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले जानकारी दिए । राष्ट्रपति भण्डारीले शुभारम्भ गरेपछि आजबाट एमबिबिएस, बी फार्म, बिएनएस, बिएमएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ सुरु भएको उपकुलपति डा रावलले जानकारी दिए ।
कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख तिलक परियार, संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, राज्यमन्त्री भवानीप्रसाद खापुङ, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, डा गुणराज लोहनी र डा रमेश ढकालको सहभागिता रहेको थियो ।









