काठमाडौं– देशभर पछिल्लो २४ घन्टामा थप चार हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या शनिबार देखिएको नयाँ संक्रमितभन्दा ३२५ ले बढी हो । शनिबार देशभरमा ४६३६ नयाँ संक्रमण पुष्टि भएको थियो ।

उपत्यकाका तीन जिल्लामा आज ३३४७ नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा दुई हजार ५४५, ललितपुर ४७४ र भक्तपुरमा ३२८ सक्रिय संक्रमित थपिएको मन्त्रालयले जनाएको छ

पछिल्लो २४ घन्टामा १५ हजार १३१ जनाको नमूना परीक्षण गरिएको थियो । १२ हजार ५६२ जनाले पिसिआर र दुई हजार ५६९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये औसत संक्रमणदर ३६.१ प्रतिशत छ । यही अवधिमा ४३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

कोभिडविरुद्धको खोप लगाउनेको संख्या पछिल्लो २४ घन्टामा ५४ हजार ३१२ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या २५ हजार ६८० रहेको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट तीनजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल भेन्टिलेटरमा २९ र आइसियूमा १२२ जना छन् । होम आइसोलेसनमा २४ हजार ५८४, संस्थागत आइसोलेसनमा एक हजार ९६ र संस्थागत क्वारेन्टिनमा १२१ छन् ।

सरकारले आजदेखि अग्रपंक्तिमा रहेका नागरिकलाई बुस्टर डोज खोप सुरु गरिसकेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए । देशभरमा हाल लगाइरहेको सबै खोप प्रभावकारी र निःशुल्क रहेको उनले बताए । खोपले गम्भीर स्वास्थ्य समस्याबाट बचाउने भन्दै उनले खोप लगाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय