काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालमा कोरोना संक्रमण भएको छ ।
अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार दुई दिनअघि गरिएको पिसिआर परीक्षणमा उहाँमा कोरोना संक्रमणको पुष्टि भएको हो । हाल उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सकारात्मक सुधार भइरहेकोे अस्पताल स्रोतले जनाएको छ ।
लामो समयदेखि पार्किन्सन रोगका कारण पीडित सीता कोरोना संक्रमणपछि विगत तीन दिनदेखि मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उनलाई थप केही दिन अस्पतालमा नै राखेर उपचार गरिने बताइएको छ ।









