काठमाडौं– देशभर पछिल्लो २४ घन्टामा थप तीन हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १२ हजार ६०५ को नमूना परीक्षण गरिएको थियो । १० हजार २६ को पिसिआर र २ हजार ५७९ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।
गत २४ घन्टामा ८ हजार ७२३ जना कोरोना भाइरसमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संखया ८ लाख ८७ हजार ४४३ पुगेको छ । निको हुने दर ९२.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या पछिल्लो २४ घन्टामा दुई लाख ६६ हजार ५४० रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.३ प्रतिशत छ ।
हाल भेन्टिलेटरमा ५९ र आइसियूमा २८१ जना कोभिड–१९ का बिरामी छन् । होम आइसोलेसनमा ६१ हजार ८६२, संस्थागत आइसोलेसनमा एक हजार ४३४ र क्वारेन्टिनमा १३८ जना छन् ।









