काठमाडौं– कोरोना भाइरसको संक्रमण घटेदै गएको छ । आज ६ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा ८३६ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको वुलेटिनमा कुल परीक्षण गरिएकामध्ये १२.६ प्रतिशतमा मात्र संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सक्रमितको संख्या २६ हजार १०२ छन् ।

माघ पहिलो साता कुल नमुनाको ५० प्रतिशतभन्दा बढीमा संक्रमण देखिन्थ्यो । पछिल्लो २४ घन्टामा १ हजार ८२६ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ३४ हजार ६४८ पुगेको छ । निको हुने दर ९६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

चारजनाको निधन
विगत २४ घन्टामा चारजनाको संक्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ८८२ जनाको संक्रमणका कारण निधन भएकोे छ । यस्तै ५०० भन्दा बढी संक्रमण भएको जिल्ला १३ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, कास्की, बाँके, रुपन्देही, र कैलाली रहेका छन् ।

यस्तै २०० भन्दा बढी संक्रमित भएका १२ जिल्ला छन् । तिनीहरु सिराहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, नवलपरासी पूर्व, तनहुँ, पाल्पा, दाङ र र कन्चनपुर हुन् ।

शून्य संक्रमित रहेको एक मात्र जिल्ला मनाङ हो । अहिले होम आइसोलेसनमा २५ हजार १४१, संस्थागत आइसोलेसनमा १६१, आइसियूमा २०० र भेन्टिलेटरमा ३४ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय