काठमाडौं– वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना परीक्षण निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने कामदारको पिसिआर परीक्षण निःशुल्क गर्ने भएको हो ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण हुने व्यवस्था मिलाएको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए ।

उनका अनुसार वीर अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकले निःशुल्क पिसिआर परीक्षण गराउन सक्नेछन् ।

सबै प्रक्रिया पूरा गरिसकेर टिकट लिइसकेको श्रमिकलाई निःशुल्क परीक्षण गर्न थालिएको हो । सरकारले पिसिआर परीक्षणको शुल्क ८०० रुपैयाँ तोेकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय