हङकङ– हङकङका अस्पतालहरुमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढ्दा अस्पतालहरुका शवगृह भरिएका छन् ।

हस्पिटल अथोरिटी इम्प्लोइ अलायन्सका प्रतिनिधि डेभिड चान क्वोक–सिङका अनुसार केही अस्पतालहरुमा शवगृहहरु भरिँदा शवहरु एक्सिडेन्ट एन्ड इमर्जेन्सी युनिटबाट उठाउनै नपाएको अवस्था छ । ‘स्वास्थ्य प्रणाली पूर्णतः तहसनहस भएको छ,’ चानले भने ।

सेन्टर फर हेल्थ प्रोटेक्सनका प्रमुख मेडिकल तथा हेल्थ अफिसर डा अल्बर्ट अउ का–विङले पछिल्लो हप्ता संक्रमण र मृत्यु कीर्तिमानी हिसाबले बढ्दा तीनवटा सार्वजनिक शवगृहहरु क्षमताको ९० प्रतिशतसम्म भरिएको जानकारी दिए ।

गत जनवरीमा कोभिड–१९ को पाँचौं लहर सुरु भएयता हङकङमा १ लाख ५८ हजार ६८३ जना संक्रमित भएका छन् । आइतबार एकै दिन ८३ जनाको कोभिड–१९ बाट निधन भएको अधिकारीहरुले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय