काठमाडौं– नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावका लागि बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धनले उम्मेदवारी घोषणा गरेको छ । गठबन्धनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सुरज लामिछानेको नेतृत्वमा प्यानल घोषणा गरेको हो । उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा भेषराज थापा, उपमहासचिवमा शिवराम केसी, कोषाध्यक्षमा आनन्द सिंह र सहकोषाध्यक्षमा अर्जुुन पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यसैगरी सदस्यहरुमा मनोज लुइँटेल, लक्ष्मीनारायण चौधरी, अनिनाश अमर, शोभा थापा, सुरज गौतम, तिलक लामिछाने, प्रवेश पौडेल, विवशराज आचार्य, चन्द्र राना, सौरभ कार्की, हरि बराल र अशोक पौडेल छन् । फागुन २७ गतेदेखि हुने निर्वाचनमा राजनीतिक दलनिकट पाँचवटा छुट्टाछुट्टै गठबन्धनले प्रतिस्पर्धा गर्दैछन् ।

एसोसिएसनमा करिब २२ हजार मतदाता छन् । गठबन्धनको तर्फबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरेका लामिछानेले इन्जिनियरिङ क्षेत्रमा पछिल्लो समय संख्या, विधागत चुनौतीको चाङ थुप्रिएकाले नयाँ नेतृत्व आउन आवश्यक रहेको बताए । ‘अहिले नेतृत्वमा इच्छाशक्तिको अभावले धेरै समस्या देखियो,’ उनले भने, ‘इन्जिनियरिङ पेसा सुरु गर्ने नवप्रवेशीले तलब, सुविधामा धेरै समस्या झेलेका छन् । हामी नेतृत्वमा आएको खण्डमा सरकारले इन्जिनियरलाई तोके बमोजिमको सेवा सुविधा उपलब्ध गराउनेछौं ।’

गठबन्धनले नेपाल इन्जिनियरिङ परिषद्को सदस्यमा पाँचजना उम्मेदवार उठाउने निर्णय गरेको छ । जसमा भीमकुमार दहाल, बाबुराम भण्डारी, बसन्त लिङथेप, अजयकुमार झा र बन्दना सुवेदी छन् । त्यसैगरी बागमती प्रादेशिक कार्यकारिणी समितिको सभापतिमा विनोद सापकोटा, केन्द्रिय कार्यकारिणी सदस्य प्रदेशमा सुब्रतमणि दीक्षित, उपसभापति कृष्णप्रसाद घिमिरे, सचिव हरेराम होमागाईं, सहसचिवमा सविन अधिकारी, कोषाध्यक्षमा पुरन सुवेदी क्षत्रीले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यसैगरी सदस्यमा गुन्जन गौतम, प्रवेशराज देवकोटा, नविना महर, चन्द्रमणि बस्याल, तिलकबहादुर श्रेष्ठ, प्रदिप तामाङ, विकास भट्ट, आरती लामिछाने, राजु दंगाल र तेजप्रसाद खनाल छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय