काठमाडौं– प्रजनन क्षमता तथा नपुंसकताका सम्बन्धमा भइरहेको अनुसन्धानले कोभिड–१९ भएका पुरुषको यौन स्वास्थ्यमा गम्भीर प्रभाव परेको संकेत गरिरहेको छ । यही प्रभावका कारण कोभिड–१९ भएका पुरुषमा इरेक्टाइल डिसफङक्सन (इडी) पनि हुन सक्छ जसलाई सामान्य भाषामा नपुंसकता भनिन्छ ।

टर्कीका अनुसन्धानकर्ताहरूले एउटा नयाँ अनुसन्धानमा एन्डोथिलियम अर्थात रक्तधमनीमा जोडिएका झिल्लीहरूमा हुने शिथिलता, कोभिडका कारण शुक्रवाहिनी नलीलगायत ग्रन्थीमा भएको प्रत्यक्ष क्षति, महामारीका कारण मानसिक स्वास्थ्यमा परेको असरका कारणले इरेक्टाइल डिसफङक्सनका मामिला बढेको छ । यो सम्बन्धी प्रमाणहरूमा आधारित एउटा न्यारेटिभ रिभ्यू इन्टरनेसनल जर्नल अफ इम्पोटेन्समा प्रकाशित  भएको छ ।

यसै विषयमा भएको अर्को एउटा अध्ययनमा बाँदरहरूको फोक्सो, प्रोस्ट्रेट, लिंग, तथा टेस्टिकल्समा इनफेक्सन भएको २ हप्तापछि सार्स–सिओभी–२ भाइरसका अवशेष पाइएको छ । १४ दिन पछि बाँदरहरूको फोक्सोको संक्रमण सफा हुन थाल्यो तर शुक्रग्रन्थीमा भने संक्रमण बढदै गएको यो अध्ययन टोलीले पत्ता लगायो । यसका साथै बाँदरहरूको जननेन्द्रियका रक्त धमनीहरू क्षतिग्रस्त भएको पाइयो ।

अघिल्लो अनुसन्धानमा महामारीका कारण यौन स्वास्थ्य तथा कामवासनामा नै कमी आएको पुष्टी गरेको छ । महामारीका कारण मानसिक स्वास्थ्यमा परेको प्रभाव तथा संक्रमणका कारण कोषहरू शारीरिक रूप नै क्षतिग्रस्त भएकोले यस्तो परिणाम आएको हो ।

पुरुष स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित सन् २०२१ को एउटा पाइलट स्टडीमा सानो स्याम्पल साइज, २ जना संक्रमित मानिश र २ जना स्वस्थ्य मानिसमा गरिएको अध्ययनमा संक्रमितहरूको लिंगका रक्तधमनीहरूमा उल्लेखनीय संख्यामा भाइरसका कण पाइएको थियो ।

कोभिडबाट ठीक भएका पुरुषहरूको यौन तथा लिंगको स्वास्थ्यको लगातार अध्ययन हुनुपर्ने तथा नपुंसकताको लक्षण भएकाहरूलाई उपचारका लागि एउटा एकीकृत बहु–विषयक उपायको माग विशेषज्ञहरूले गरेका छन् ।

कोभिडले सबै आयु वर्गका मानिसलाई प्रभावित गर्छ । तर यसबाट डायबिटीज, हाइपरटेन्सन, र मोटोपना लगायत रोग भएका पुरुषहरू गम्भीर बिमारी वा मृत्युको मुखमा पुग्ने कुरा प्रमाणित भइसकेको छ । भ्याक्सिन लगाएको खण्डमा चाहिँ गम्भीर बिमारी वा मृत्युको खतरा कम हुन्छ ।

इरेक्टाइल डिसफङक्सन (इडी) त्यस्तो अवस्था हो जसमा यौन सम्बधका बेलामा लिंग खडा हुँदैन वा त्यस्तो क्षमता नै विनाश हुन्छ । यो अवस्था अनेकन शारीरिक समस्या, बिमारी, हार्मोन्सको असन्तुलन तथा मनोवैज्ञानिक कारणबाट हुन्छ । यो साह्रै जटिल प्रक्रिया हो र यसमा एक भन्दा बढी कारण हुन्छ। ईडी सामान्यतया पाचन तन्त्रमा आएको दीर्घकालिक सूजन, मिर्गौलाका बिरामी, तथा सोरायसिस लगायतका अटो–इम्युन रेस्पन्सले पनि हुन्छ । यस क्रममा इम्युन रेस्पन्सलाई व्यवस्थित गर्ने टिएनएफ–ए र आइएल–६ जस्ता प्रोटिन्स साइटोकिन्स जन्मन्छन् जसले यौन शिथिलतालाई अझै बिगार्छ । यही साइटोकिन्स भी कोभिड संक्रमणका क्रममा पनि जन्मन्छ र धेरै नोक्सानी गर्छ । (स्वतन्त्र समाचार सेवा)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय