काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि बडू कानुन, न्याय तथा संसदीय मामिलामन्त्री थिए ।

हालसम्म उक्त मन्त्रालय प्रधानमन्त्री देउवाले नै हेरिरहेका थिए । प्रधानमन्त्रीको सिफारिसमा बिहीबार मौजुदा मन्त्रिपरिषद्मा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सुम्पिएको र उनको ठाउँमा नयाँ नियुक्त गरिएको हो ।

राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार प्रधानमन्त्रीको सिफारिसमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद कोइराला (शर्मा) नियुक्त भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय