नयाँ दिल्ली– भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कुल संक्रमित संख्या ४ करोड ३० लाख ७९ हजार १८८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना संक्रमण फेरि बढेर दैनिक ३ हजार नाघेको यो लगातार चौथो दिन हो । २४ घण्टाका नयाँ संक्रमितमध्ये १ हजार ५२० राष्ट्रिय राजधानी दिल्लीका हुन् । हाल नयाँ दिल्लीमा ५ हजार ७१६ सक्रिय रहेको प्राप्त समाचारमा उल्लेख छ ।

यसका साथै २४ घण्टामा कोरोनाबाट थप ४० जनाको मृत्यु भएको छ । पछि अब भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख २३ हजार ८४३ पुगेको छ । भारतमा १९ हजार ९२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय