काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताले आज धनुषाको जनकपुरधाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।
शुक्रबार उनीहरुले काठमाडौंको चुनावी सभालाई सम्बोधन गरेका थिए ।

जनकपुरधामस्थित तिरहुतियामा दिउँसो २ बजे आयोजना हुने चुनावीसभालाई कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पंजियारले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय