सुर्खेत– नेकपा एमालेका वडा अध्यक्ष पदका एकजना उम्मेदवार मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।

बुधबार राति मतदातालाई पैसा बाँडिरहेको अवस्थामा गुर्भाकोट नगरपालिका–११ का वडा अध्यक्ष उम्मेदवार राजन बिसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँड्न थालेको सूचना आएपछि प्रहरीले राति नै छापा मारेको थियो ।

प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा एक लाख १ हजार रुपैयाँसहितको झोला फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

नगदसहित पक्राउ परेका उम्मेदवारलाई घटनास्थल मुचुल्कासहित प्रहरी चौकी मेहलकुनामा राखेको र बिहीबार निर्वाचन कार्यालय खुलेपछि बुझाइएको जिम्मा लगाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय