काठमाडौं– मुस्ताङको घरपोझङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन् ।

उनी ७६० मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन् । प्रतिद्वन्द्वी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाएको मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिएका छन् ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी जमुना थापा मगर ६९३ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत प्राप्त गरेकी छिन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा यो गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय