मुस्ताङ– जिल्लाको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् ।
विष्टले ६८९ मत पाएका छन् । विष्टका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका देवबहादुर गुरूङले १८५ मत पाएका छन् ।
गाउँपालिका उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरूङ विजयी भएकी छिन् । उनको मत ६४१ छ । नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाएकी छिन् ।
२०७४ सालको चुनावमा विष्टले स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्ष जितेका विष्ट पछि नेकपा (एमाले) प्रवेश गरेका थिए ।









