काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बालेन शाह र उनका प्रतिस्पर्धी केशव स्थापितबीचको मत अन्तर झन् फराकिलो हुन थालेको छ ।
यसअघिको अपटेडमा हजार हाराहारीको मत अन्तर रहेकोमा पछिल्लो अपडेट अनुसार शाह र स्थापितको मत अन्तर झन्डै १२ सय पुगेको छ ।
भर्खरैको अपडेटअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २६०१ मत प्राप्त गरेका छन् । एमालेका केशव स्थापितको मतसंखया १४१५ पुगेको छ । कांग्रेसकी उम्मेदवार सिर्जना सिहंले १३५९ मत पुर्याएकी छिन् ।









