काठमाडौं– रविन्द्र मिश्रले पार्टी अध्यक्षबाट राजीनामा दिएका छन् । उनले पार्टीलाई कसरी अगाडि बढाउने भननेबारे पार्टीको केन्द्रीय कार्यसम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षापछि निर्णय लिने उल्लेख गर्दै राजीनामा दिएका छन् ।
‘मेरो बुद्धि र विवेकले भ्याएसम्म इमानदार रहँदा रहँदै पनि यसबीच मबाट भएका कमजोरी तथा त्रुटिहरुप्रति म निःसंकोच क्षमायाचना गर्दछु । पार्टीको साख केन्द्रीय समितिमा साथिहरुको नेतृत्वमा स्थापित हुने विशवास लिएको छु,’ उनले भनेका छन्, सो प्रयासमा मेरो पूर्ण सहयोग रहनेछ ।’
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेपछि मिश्रले नेतृत्व छाडेका छन् ।









