काठमाडौं– गरिमा विकास बैंकका ग्राहकले काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लुक्रस हस्पिटलको सेवामा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा बैंकका ग्राहकलाई आर्कषक छुट दिनेसम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौताअनुरुप, ब्लुक्रसले गरिमा बैंकको मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोगकर्तालाई स्ट्यान्डर्ड हेल्थ प्याकेज र वार्षिक हेल्थ स्क्रिनिङ प्याकेजमा ४५ प्रतिशतसम्म छुट दिने बताइएको छ । अन्य स्वास्थ्य सेवाहरुमा पनि आर्कषक छुटको व्यवस्था गरेकोे बताइएको छ ।

गरिमा विकास बैंकले नेपालभर ११९ शाखा, १ एक्स्टेन्सन कार्यालय एवं ५१ एटिएमबाट सेवा दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय