काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा एकजनाको निधन समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबारको संक्रमण पछिल्लो ५ महिनायताकै उच्च हो । पछिल्लो २४ घण्टामा ४ हजार ६५१ जनाको परीक्षण गरिएको थियो ।

सोमध्ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ३८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

अब कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।

यस अवधिमा एकजनाको कोरोनाबाट निधन भएको पनि मन्त्रालयले जानकारी दिएको छ । अब कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय