काठमाडौं– पछिल्लो २४ घन्टामा नेपालमा ५ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अवधिमा एकजना कोरोना संक्रमितको निधन भएको छ ।

४ हजार ४५४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०२ जना संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ पुगेको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय