काठमाडौं– पछिल्लो २४ घन्टामा ५ हजार ९०९ नमूना परीक्षण गर्दा ८९५ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

३ हजार ६५८ को पीसीआर विधिबाट परीक्षण गर्दा ६३२ र २ हजार २२४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २६३ मा संक्रमण पुष्टि भएको मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको निधन भएको छ । देशभर सक्रिय संक्रमितको संख्या चार हजार ९३४ पुगेको छ । संक्रमितमध्ये काठमाडौंमा

३७३, ललितपुरमा ६६, कैलालीमा २२ जना छन् । पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार १२४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय