काठमाडौं– आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता साझेदार दलहरु मिलेर जाने भएका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पाँचदलीय गठबन्धनको बैठकले आगामी चुनावमा मिलेर प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।

सत्ता साझेदार दलहरुले नेकपा एमालेविरुद्ध मोर्चाबन्दी गरेका हुन् । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि सत्ता साझेदार दलहरु मिलेर चुनाव लडेका थिए ।

यो निर्णयसँगै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा चुनावमा मिलेर जानेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय