धनगढी– जनता समाजवादी पार्टी, नेपालको सुदूरपश्चिम प्रदेश समिति पुनर्गठन भएको छ । कैलाली जिल्लाको धनगढीमा शनिबार आयोजित प्रदेश भेलाले भगतराम थारुको अध्यक्षतामा ३७ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा गोविन्दराज राना थारु, निर्मल रिजाल, सञ्जय शक्सेना, जेकेन्द्रसिंह महरा, पुष्पराज जोशी, लक्ष्मीकान्त पनेरु, बलबहादुर चौधरी छन् । मुख्यसचिवमा राजु बमलाई चयन गरिएको छ । समितिको सचिवहरुमा प्यारेलाल राना, सरोज जोशी, दिपेश तिमिल्सिना, गोविन्द गुप्ता, र श्याम धिताल छन् ।

पार्टीका तर्फबाट राजनीतिक समिति सदस्य तथा प्रदेश इन्चार्ज रहेकी मालामती राना र पार्टी केन्द्रीय सदस्य एवं प्रदेश सहइन्चार्ज भीमबहादुर थापाले संगठन निर्माणमा एकलौटी गरेको आरोप लगाई राजनीतिक समिति सदस्य तथा पूर्व प्रदेश इन्चार्ज होरीलाल चौधरीले उक्त निर्णयमा नोट अफ डिसेन्ट लेखेको कुराबारे सोध्दा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले घुमाउरो रुपमा स्वीकार गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय