काठमाडौं– आफूलाई सबैभन्दा अब्बल नेता दाबी गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिशोधको राजनीतिमा उत्रेका छन् ।

चितवनमा सम्पन्न नेकपा एमालेको १०औं महाअधिवेशनमा अध्यक्ष उठेका नेता भिम रावललाई आगामी चुनावको टिकटबाट वञ्चित गरेपछि ओली प्रतिशोधको राजनीतिमा उत्रेको पुष्टि भएको हो ।

एमाले अध्यक्षमा आफूविरुद्ध उम्मेदवारी दिएको बदला लिन ओलीले प्रभावशाली नेता रावललाई टिकट नदिएको बुझिएको छ ।

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका १५ निर्वाचन क्षेत्रको लागि उम्मेदवार तय गर्दा रावल उक्त सूचीमा परेका छैनन् । एमाले स्रोतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सुदूरपश्चिमका १५ निर्वाचन क्षेत्रका उम्मेदवारको नाम सुनाएका हुन् । एमालेले उम्मेदवार छनोटको जिम्मा अध्यक्ष ओलीलाई दिएको थियो ।

एमालेले प्रतिनिधिसभातर्फ अछाम १ मा झपट बोहरा र २ मा यज्ञ बोगटीलाई टिकट दिएको छ । रावल अघिल्लो निर्वाचनमा अछामबाट निर्वाचित सांसद् हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय