बेइजिङ– चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रोपटक निर्वाचित भएका छन् । योसँगै माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता सबैभन्दा प्रभावशाली नेतामध्ये एकका रूपमा सीले देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल सुरु गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनपिङ महासचिवमा निर्वाचित भएको सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिस्ट पार्टीको २०औं केन्द्रीय समितिका २०३ सदस्य र १६८ वैकल्पिक सदस्यको सहभागिता थियो । उक्त सत्रमा सीलाई पार्टी केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि नियुक्त गरिएको थियो । एक हप्ता लामो बैठकपछि पाँच वर्षमा एकपटक सम्पन्न भएको राष्ट्रिय महाधिवेशन सकिएको छ ।

पार्टीको सूचीकृत २०५ सदस्यमध्ये ११ जना मात्र महिला छन् । सीपछिका दोस्रो शक्तिशाली अधिकारीका रूपमा हेरिँदै आएका चिनियाँ प्रधानमन्त्रीलाई नयाँ केन्द्रीय समितिमा समावेश गरिएको छैन । यसको अर्थ ली खच्याङले आफ्नो पार्टी भूमिकाबाट बिदा लिएको बुझिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय