सोल– दक्षिण कोरियाको राजधानी सोलमा शनिबार राति भएको भागदौडमा १५१ जनाको निधन भएको छ । ज्यान गुमाउनेमा १९ जना विदेशी नागरिक छन् ।
उक्त घटनामा अरु ८२ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
हलोविन पर्व मनाउने क्रममा रात्रिजीवनका लागि लोकप्रिय इटाइवोन क्षेत्रमा भागदौड मच्चिएको थियो । ज्यान गुमाउनेमा अधिकांश २० वर्षभन्दा कम र २० देखि ३० वर्ष उमेरका व्यक्ति छन् । ज्यान गुमाउनेमा ९७ महिला र ५४ जना पुरुष रहेको एएफपीको समाचारमा उल्लेख छ ।

एउटा साँघुरो गल्लीमा भागदौड मच्चिएको बताइएको छ । अग्नि नियन्त्रण एजेन्सीले ज्यान गुमाउने विदेशीको राष्ट्रियताबारे तत्काल जानकारी नदिए पनि योन्हाप समाचार एजेन्सीले इरान, उज्बेकिस्तान, चीन र नर्वेका नागरिक रहेको उल्लेख गरेको छ ।

दक्षिण कोरियामा नेपालीहरु पनि ठूलो संख्यामा छन् । घटनामा नेपालीहरु परे नपरेको थाहा हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय