काठमाडौं– आपसी प्रतिद्वन्द्वी अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङ पहिलोपटक आमनेसामने भएर छलफल गरेका छन् ।

संसारका दुई महाशक्तिबीचको सम्बन्ध निकै चिसिएका बेला इन्डोनेसियामा दुवै देशका नेताबीच प्रत्यक्ष छलफल भएको हो । उनीहरु मंगलबार सुरु हुने जी२० को बैठकका लागि इन्डोनेसिया पुगेका हुन् ।

आफ्नो ओपनिङ टिप्पणीमा बाइडेनले अमेरिका र चीनबीचको द्वन्द्व हटाउनुको महत्त्वबारे बोलेका थिए । दुई नेताबीचको छलफलमा ताइवान मुद्दा मुख्य हुने अपेक्षा गरिएको छ । स्वशासित क्षेत्र ताइबानलाई चीनले आफ्नो अभिन्न अंग मान्छ ।

अमेरिकाले पनि एक चीन नीतिलाई मान्यता दिएको छ । एक चीनको नीतिअन्तर्गत ताइवानलाई स्वतन्त्र मुलुक मानिँदैन । तर, अमेरिकाले आफ्नो प्रतिबद्धताविपरीत ताइवानसँग छुट्टै मुलुकको व्यवहार गर्दा बेइजिङ चिढिने गरेको छ ।

केही महिनअघि बेइजिङको कडा चेतावनीका बाबजुद अमेरिकी सभामुख नान्सी पेलोसीले ताइवान भ्रमण गरेकी थिइन् । बाइडेनका अनुसार यो भेटमा दुवै नेताले ताइवान सम्बन्धमा आ–आफ्नो लक्ष्मणरेखा प्रस्तुत गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय