काठमाडौं– शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकले यसपालि सेयरधनीलाई १३.३० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांशसम्बनधी निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त बोनस सेयर सेयरधनीको खातामा आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय