लन्डन– बेलायती प्रहरीले शुक्रबार प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारमा सिट बेल्ट नबाँधेकोमा जरिवाना गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रधानमन्त्री सुनकको नाम नलिई लन्कासायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई जरिवाना गरेको बताएको छ ।

‘लंकशायरमा गुडिरहेको कारमा यात्रुले सिट बेल्ट नलगाएका लन्डनका ४२ वर्षीय व्यक्तिलाई जरिवाना गरेका छौं,’ लंकासायर प्रहरीले ट्विट गरेको छ ।

उक्त जरिवाना सूचना अनुसार कारबाहीमा परेका व्यक्तिले २८ दिनभित्र सम्बन्धित निकायमा सो जरिवाना तिरिसक्नुपर्नेछ । प्रधानमन्त्री  सुनकलाई ५० पाउण्ड (६२ अमेरिकी डलर) जरिवाना गरिएको बताइएको छ ।

सामान्यतया सिट बेल्ट नलगाएका यात्रुलाई १०० पाउन्डसम्म जरिवाना गर्न सकिने कानून छ । सो मुद्दा अदालतसम्म पुगेमा जरिवाना बढेर बढेर ५०० पाउन्डसम्म पुग्न सक्छ ।

जरिवानाको घोषणा लगत्तै प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रधानमन्त्रीले यो गल्तीलाई पूर्ण रूपमा स्वीकार गरेको र माफी समेत माग्नु भएको छ र आगामी दिनमा नियम पूर्णरूपमा पालना गर्नुहुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय