काठमाडौं– कोरोना भाइरस संक्रमित एकको आज मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार २ हजार ४ सय ३६ जनामा गरिएको परीक्षणमा १ सय ६ जनामा संक्रमण पुष्टि भएको छ । यस दिन ४८ जना उपचारपछि घर फर्किएका छन् ।
मन्त्रालयले अझै केही दिनसम्म संक्रमण बढ्ने देखिएको जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या ४ सय ६९ पुगेको छ ।
काठमाडौं उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र पाँचजना भेन्टिलेटरमा उपचाररत छन् ।
नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखा परेको छ ।









