नयाँ दिल्ली– भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को पछिल्लो तथ्यांकअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसंख्या भएको देश बनेको हो ।

युएनएफपीएको ‘द स्टेट अफ वर्ल्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख पुगेको तथा चीनको जनसंख्या १ अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख गरिएको छ । युएनएफपीएको प्रतिवेदनको जनसांख्कि सूचकमा यो तथ्यांक समावेश गरिएको छ ।

सन् १९५० मा संयुक्त राष्ट्रसंघले जनसंख्या तथ्यांक संकलन र जारी गर्न थालेपछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलोपटक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय