काठमाडौं– गैरकानुनी रुपमा सञ्चालित दुईवटा अस्पतालमा काठमाडौं महानगरपालिकाले ताल्चा लगाइदिएको छ ।
महानगरपालिकले सोमबार बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडीबुटीस्थित रहेको हाम्रो सहयात्री अस्पताल एवं बर्थिङ सेन्टरमा ताला लगाएको महानगरपालिकाले जानकारी दिएको छ ।
महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेका अनुसार अनुगमनका क्रममा विना दर्ता अस्पताल सञ्चालन गरेको भेटिएपछि सिलबन्दी गरिएको हो ।
दुवै अस्पताल सम्बन्धित निकायमा दर्ता नभएको र मापदण्ड पालना नगरी सञ्चालन भइरहेको पाण्डेले बताए ।









