जेद्दाह– साउदी अरबको जेद्दाहमा अमेरिकाको महावाणिज्य दूतावासनजिक एक भवनमा भएको गोलाबारीमा २ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै दिएको समाचारमा उक्त घटनामा एक जना सुरक्षा गार्ड र एक जना बन्दुकधारी मारिएको बताएको छ ।

साउदी प्रेस एजेन्सीका अनुसार गोलाबारीमा अमेरिकी वाणिज्य दूतावासमा काम गर्ने एक नेपाली सुरक्षा गार्ड घाइते भएको र उनको उपचारको क्रममा निधन भएको थियो । मृतकको नाम खुलाइएको छैन ।

घटनामा कुनै पनि अमेरिकी नागरिकलाई क्षति नपुगेको रोयटर्सको समाचारमा उल्लेख छ ।

साउदी अरबका सञ्चार माध्यमले सार्वजनिक गरेको खबरमा एक अज्ञात व्यक्ति अमेरिकी वाणिज्य दूतावास अगाडि गाडी रोकेर बन्दुकसहित सुरक्षा बल सामु पुगेका थिए । त्यसपछि सुरक्षाकर्मी र बन्दुकधारीबीच गोली हानाहान भएको थियो ।

अमेरिकी विदेश मन्त्रालय वाणिज्य दूतावास र साउदी अरब प्रशासनले घटनाबारे जाँच गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय