चौतारा (सिन्धुपाल्चोक)– नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् । संघको २४औं वार्षिक साधरणसभा तथा १२औं अधिवेशनमा सहमति हुन नसकेपछि भएको निर्वाचनमा कार्कीले ४३४ मत पाए ।

अर्का प्रत्यासी लोपसाङ शेर्पालाई १३ मतले पछाडी पार्दै कार्की निर्वाचित भएका हुन् । दुई वरिष्ठ उपाध्यक्षमा गंगाबहादुर घिमिरे (सागर) ले ४४२ मत र रामचन्द्र पराजुलीले ४४३ मत ल्याई निर्वाचित भए । सचिव पदका लागि पाँच जनाको उम्मेदवारी परेकोमा विकासप्रसाद रिजाल, आङदोर्जे शेर्पा, तुलसी राउत (श्याम) र सुब्बा श्रेष्ठ निर्वाचित भए ।

सदस्यलगायत अन्य पदाधिकारी यसअघि नै सर्वसम्मत भइसकेका छन् । आइतबार सर्वसम्मत हुन नसकेका अध्यक्षलगायत पदाधिकारीको भने निर्वाचन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय