काठमाडौं– नयाँ मन्त्रीहरूको शपथ आज साँझ पाँच बजे हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीहरुको शपथ ५ बजे गर्ने गरी राष्ट्रपति कार्यालयलाई पत्र पठाएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको पत्र अनुसार राष्ट्रपति कार्यालयले शपथको तयार गरेको छ । प्रधानमन्त्रीले पठाएको पत्रमा उनका अनुसार आज माओवादीबाट हितबहादुर तामाङ, नेकपा (एमाले)बाट संसदीय दलका प्रमुख सचेतक समेत रहेका पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष समेत रहेका डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ खानेछन् । उनीहरु कुन कुन मन्त्री हुन्छन् भन्ने खुलेको छैन ।
प्रतिनिसभाको पहिलो शक्ति नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतसँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री दाहालले एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका हुन् ।









