काठमाडौं– पार्टीले पाउने मन्त्रालयको संख्या यकिन भएसँगै नेकपा (एमाले)ले मन्त्रीहरूको नाम टुंगो लगाएको छ । एमालेले ८ वटासम्म मन्त्रालय पाउनेछ । स्रोतका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्नेछन् ।
महासेठलाई उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीमा पठाउने टुंगो पार्टीले लगाएको छ ।
पदम गिरी विनाविभागीय मन्त्री भइसकेका छन् । उनले स्वास्थ्य मन्त्रालय पाउने सम्भावना रहेको स्रोतको भनाइ छ । दामोदर भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुने बताइएको छ ।
सात मन्त्रालय मात्र पाएको खण्डमा अधिकारीले मन्त्री हुने अवसर नपाउने बुझिएको छ ।









