काठमाडौं– नेपाली कांग्रेससँगको गठबन्धन तोडेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीमण्डल गठन गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०७९ साल पुस ११ गते दहालको नेतृत्वमा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गरेका छन् ।
नवनियुक्त मन्त्रीहरुले बुधबारै राष्ट्रपति समक्ष शपथ ग्रहण गरी पदभार सम्हालिसकेका छन् ।










