ढाका– बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको ढाकास्थित निवासमा प्रवेश गरेका सरकारविरोधी प्रदर्शनकारीले त्यहाँ रहेका सबै सामान लगेका छन् । उनीहरुले सोमबार प्रधानमन्त्री निवासबाट साडी समेत लिएर गएको तस्वीर अमेरिकी समाचार संस्था एपीले सार्वजनिक गरेको छ ।

उक्त तस्वीरमा प्रदर्शनकारीहरु रातो पृष्ठभूमिमा सुनौलो बुट्टा भएको साडी बोकेर सडकमा हिँडेको देखिन्छ । आन्दोलनकारीले प्रधानमन्त्री निवासबाट टेलिभिजन, कुर्सी, फ्रिजलगायत सबैजसो घरायसी सामान लगेको भिडियोहरु सार्वजनिक भएका छन् ।

सरकारी जागिरमा आरक्षणविरोधी आन्दोलनले सेख हसिनालाई सत्ता मात्रै नभएर देश नै छाडेर भाग्न बाध्य पारेको छ । १५ वर्षदेखि बंगलादेशको सत्तामा रहेकी हसिना सोमबार देश छाडेर भारतको नयाँ दिल्ली पुगेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय