काठमाडौं– सहकारीमा सर्वसाधारणले बचत गरेको रकम अपचलनमा आफ्नै पार्टीका उपसभापति धनराज गुरुङको नाम जोडिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्रिने योजनाबाट सरकार पछि हटेको छ ।

लामिछानेलाई आइतबारै पक्राउ गर्ने तयारी भए पनि तत्काल त्यो कदमबाट प्रहरी पछि हटेको छ । प्रहरीले रवि लामिछाने जस्तै सहकारी ठगी प्रकरणमा जोडिएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पक्राउ गरेको थियो ।

लामिछानेमाथि पनि प्रहरीले निगरानी बढाएको थियो । उनलाई पक्राउ गर्ने तयारी साथ टोली राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वनस्थली पुगे पनि साँझतिर त्यो कदमबाट पछि हटेको उच्च प्रहरी अधिकारीले बताए ।

पक्राउ पर्ने सूचना पाएपछि लामिछानेले आइतबार साँझ उपत्यकामा रहेका आफ्ना नेता, कार्यकर्तालाई पार्टी कार्यालयमा आउन निर्देशन दिएका थिए । लगत्तै प्रहरीको निगरानीमा रहेको पार्टी कार्यालयमा सांसद तथा रास्वपाका कार्यकर्ता पुगेका थिए ।

लामिछानेलाई पक्राउ गर्दा कांगे्रेस उपसभापति जनराज गुरुङलाई समेत नियन्त्रणमा लिन दबाब पर्ने भएपछि गृह मन्त्रालय आइतबार नै उनलाई समात्ने प्रयासबाट पछि हटेको हो ।

गृहमन्त्री रमेश लेखकले आइतवार सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले दिएको सुझाव कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएका थिए । सरकारले असोज २ गते प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सरकारका चारवटा मन्त्रालयमा मन्त्रिपरिषद्को निर्णय पुगेसँगै आइतबार गृहमन्त्री लेखकले प्रहरी मुख्यालय पुगेर प्रतिवेदनअनुसार अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए । त्यही निर्देशका आधारमा जोशीलाई पक्राउ गरेको प्रहरीले लामिछानेसहित अरु ५३ जनामाथि निगरानी बढाएको छ ।

सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ पनि मुछिएका छन् । कांग्रेस सांसदकै दबाबमा सहकारी ठगीमा छानबिन गर्न संसदीय समिति गठन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय