काठमाडौं– अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाको विरोध भएको छ ।

विरोधसँगै उनीहरु सहभागी हुने भनिएको स्वागत कार्यक्रम रद्द भएको अमेरिकास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

राजदूतावासले आइतबार एक सूचना जारी गर्दै संयुक्त राष्ट्रसंघको महासभा, साइडलाइन बैठक र समिट अफ द फ्युचरमा व्यस्तता तथा समारोहस्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझावलाई ध्यानमा राखेर कार्यक्रम रद्द गरिएको जानकारी दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग र न्युयोर्कमा रहेका नेपाली पहिचानवादी विदेश विभागका संघसंगठनहरुले उनीहरूलाई कालो झण्डा देखाउने भन्दै सामाजिक संजालमा आह्वान गरे लगत्तै स्थानीय सुरक्षाकर्मीले भीभीआइपीहरुको सुरक्षा गर्न नसक्ने जानकारी दिएको थियो । त्यसपछि आयोजकहरूले सो कार्यक्रम रद्द गरेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर