काठमाडौं- शुक्रबार साँझ पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई स्थलमार्गबाटै पोखरा लगिने भएको छ ।
उनलाई गाडीबाटै पोखरा लैजान लागिएको हो । लामिछानेकै इच्छा अनुसार प्रहरीले लामिछानेलाई गाडीबाट ल्याउन लागेको बुझिएको छ ।
लामिछानेसँग उपसभापति डीपी अर्याल कार्यवाहक प्रवक्ता मनिष झा पनि पोखरा जाने पार्टी स्रोतले जानकारी दिएको छ । रास्वपाका अर्का नेता स्वर्णिम वाग्ले तनहुँमा भएकाले उनी त्यतैबाट पोखरा जाने बताइएको छ ।
लामिछानेलाई प्रहरीले पार्टी कार्यालयबाटै शुक्रबार साँझ गिरफ्तार गरेको हो । गिरफ्तार हुनुअघि पार्टी कार्यकर्तालाई सम्बाधेन गर्दै लामिछानले आफूलाई वर्तमान सरकार गठन गर्ने सम्झौता हुँदै जसरी पनि रविलाई जेल कोच्ने सहमति भएको र सोही डिजाइन अन्तर्गत आफूलाई पक्राउ गर्न लागिएको प्रतिक्रिया दिएका थिए ।
उनले आफूले अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउन प्रतिबद्ध रहेको पनि बताए ।