काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघमो पुनः शीर्ष नेतृत्व चयन प्रत्यक्ष निर्वाचनबाट हुने भएको छ । मंगलबार सम्पन्नको विशेष साधारणसभाले पदासिन वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानको व्यवस्था संशोधन गर्दै पहिले झैं प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चुन्ने प्रावधान पारित गरेको हो ।

उक्त प्रावधानको कार्यान्वयन भने हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष भएर उनको कार्यकाल सकिएपछि मात्रै हुनेछ ।

२०७३ सालमा विधान संशोधन गरी महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था गरिएको थियो । आठ वर्षपछि पुरानै व्यवस्था फर्काइएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार अध्यक्षको कार्याकाल पनि ३ वर्षबाट घटाएर २ वर्ष कायम गरिएको छ । यो प्रावधान पनि श्रेष्ठ अध्यक्ष भइसकेपछि मात्रै लागू हुनेछ ।

महासंघमा महिला उपाध्यक्ष रहने व्यवस्था पनि विधानमा थपिएको छ । महिला उपाध्यक्ष कार्यकारीणी समितिले चयन गर्नेछ । यसका लागि कार्यकारिणी समितिमा कम्तीमा १२ जना महिला सदस्य हुनुपर्नेछ । जिल्ला/नगरततर्फ दुई जना उपाध्यक्ष रहने व्यवस्था विधानमा थपिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय